May 3, 2026

दशनामीको १ नं. प्रदेश भेला, अध्यक्षमा चन्द्रप्रसाद

0

बिर्तामोड, नेपाल दशनामी समाज प्रदेश क्षेत्र नं. १ को अध्यक्षमा नेपाल दशनामी समाज झापाका पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी चयन भएका छन् ।
नेपाल दशनामी समाज प्रदेश नं. १ को भेला आयोजक समितिको आयोजनामा भएको दशनामीहरुको भेलाले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै प्रदेश नं. १ को महिला अध्यक्षमा फुलकुमारी पुरी र प्रदेश नं. १ युवा समितिको अध्यक्षमा जंगराज गिरी चयन भएका छन् ।
संयोजक गोविन्दविक्रम गिरीको अध्यक्षता तथा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रन्जनकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल दशनामी समाजका सल्लाहकार हर्कलाल गिरी, टेकबहादुर गिरी, केदार गिरी, बरिष्ठ उपाध्यक्ष विदुर भारती, केन्द्रीय सदस्य तारा गिरी, सरस्वती गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजका वरिष्ठ उापध्यक्ष विदुर भारती, कोषाध्यक्ष धु्रव गिरी, केन्द्रीय सदस्य तारा गिरी, सरस्वत गिरी, मणिराम गिरी, डम्बर वन, महेन्द्र गिरी, अशोक गिरी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सदस्य मणिराम गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *