April 30, 2026

भूमिगत राजनीति त्याग्यो

0

झापा, भदौ १९ । पूर्वी नेपालमा एक दशकदेखि भूमिगत संघर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको गरेको छ । झापाको बिर्तामोडमा बिहीबार सम्पन्न पार्टीको तीन दिने राष्ट्रिय भेलाले सशस्त्र संघर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो । भेलापछि बिहीबार पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिएका छन् । भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किँराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । पूर्वमा छुट्टै किँरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो। पूर्वी पहाडमा भूमिगत संगठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत तीन वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *