September 13, 2026

आठ महिनाको कार्यसम्पादन समीक्षा : फरार प्रतिवादी पक्राउ र मुद्दा फछ्र्यौटमा जोड

0

विराटनगर,  कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखसँग भर्चुअल माध्यमबाट आठ महिनाको कार्यसम्पादन समीक्षा गरेका छन् ।

चैत १२ गते सम्पन्न समीक्षा बैठकमा श्रावणदेखि फागुनसम्म कार्यसम्पादन सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालयहरूले गरेका प्रगति विवरणको विश्लेषण गरिएको थियो । सो अवसरमा प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रदेश प्रहरी कार्यालयका तर्फबाट सबै जिल्लाको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गरेका थिए ।

समीक्षाका क्रममा प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ तथा चालु मुद्दाको प्रभावकारी फछ्र्यौटमार्फत लक्ष्य हासिल गर्न निर्देशन दिए । साथै, कार्यसम्पादन सम्झौतामा उल्लिखित बुँदाहरू अनिवार्य कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सम्पूर्ण प्रहरी कर्मचारीले विभागीय आदेशको पूर्ण पालना गर्नुपर्ने, ग्रामीण तथा लामो दूरीका गस्तीलाई थप प्रभावकारी बनाउनुपर्ने तथा नागरिकका समस्यामा अग्रणी भूमिका निर्वाह गर्दै शान्ति सुरक्षा सुदृढ गर्न निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी प्रमुखले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै समाजमा शान्ति र सुरक्षा कायम गर्न प्रहरीको सक्रियता अझ बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *