April 30, 2026

 जनताको फैसला शिरोधार्य : ओली

0

झापा । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका छन्।

सन्देशमा ओलीले भनेका छन्, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, त्यसलाई शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो। जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार्छु।”

उनले कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।

निर्वाचन परिणाम एमालेका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन्। “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *