September 14, 2026

मारवाडी समुदायका अगुवा राजु पारिक नेपाली काँग्रेसमा प्रवेश

0

झापा, प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसैक्रममा मारवाडी समुदायका अगुवा र व्यवसायी राजु पारिक नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। 
पारिक मारवाडी सेवा समितिका पूर्व अध्यक्षसमेत हुन् । बिर्तामोडमा श्यम मिष्ठान भण्डारको सञ्चालन गर्दैआएका उनलाई पार्टी प्रवेश गराउँदै पार्टीका केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले सफलताको शुभकामना दिएका थिए।
संविधान सभा सदस्य समेत रहेका शिवाकोटीले पारिकलाई खादा परि¥याउँदै पार्टीको विधान र परिधि भित्र रहेर सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्र गरे ।
बिर्तामोडमा आयोजित सक्षिप्त कार्यक्रमकाबीच पारिकसहित अन्य व्यवसायीहरू पनि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। पारिक सहित मारवाडी समुदायका अगुवाहरूको पार्टी प्रवेशले मारवाडी समुदाय कांग्रेसतर्फ झुकाव राखेको बताइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा उपसभापति तथा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, जिल्ला बचत संघका अध्यक्ष युवाराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य विपिन वजगाई लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *