June 21, 2026

भवानी खानेपानीमा पत्रकार निरौला सम्मानित

0

सुरुङ्गा ।

श्रीभवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्था कनकाई-६ दुर्गापुर झापाको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर आयोजना प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रेवतबहादुर रेग्मीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलियाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रेमप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज बोहोराले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषको तर्फबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार प्रदान गरिएको थियो। उक्त कोषबाट उत्कृष्ट पत्रकार कनकाई खबरका सम्पादक रामप्रसाद निरौला, उत्कृष्ट विद्यार्थीहरू कनकाई माविका सुसल रसाईली र आदर्श विद्यामन्दिर माविकी अंकिता दवाडी, उत्कृष्ट कृषक कविता घिमिरे बस्नेत, उत्कृष्ट बुहारी पुजन बाँस्तोला बारकोटीलाई जनही नगद ५१ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।

उक्त पुरस्कार चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषका संरक्षक चिरञ्जीवी उप्रेती, ईश्वरादेवी उप्रेती , अध्यक्ष एकराज उप्रेतीलगायतले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष तथा जग्गादाता चिरञ्जीवी उप्रेती , तदर्थ समितिका अध्यक्ष गोपाल उप्रेती, उपाध्यक्ष सम्झना श्रेष्ठ, सचिव तुलाराम बस्नेत, सदस्यहरू निर्मला कार्कीडोली, कमला सिटौला , लिलाबल्लभ सुवेदी, मरणोपरान्त दीर्घबहादुर थापा, संस्थापक उपाध्यक्ष मरणोपरान्त डिल्लीराम उप्रेती , सचिव जीवनकुमार श्रेष्ठ, सदस्य खिनमाया बस्नेत, पूर्व सचिव अनुप ओली,सदस्य हरिप्रसाद शिवाकोटी, रेखा राजवंशी, सुफल मुर्मू, तारा खतिवडा अधिकारी, पूर्व सदस्य बालकृष्ण सिटौला, शम्भुप्रसाद पोखरेल , भक्तबहादुर घतानी, प्रह्लाद घिमिरे , रमेश श्रेष्ठ लगायतलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, सम्मानित पत्रकार रामप्रसाद निरौला, नेपाली काँग्रेस झापा सभापति देउकुमार थेवे, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामगोपाल ओलीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *