June 14, 2026

[गौरव पोखरेल]

झापा, आफ्नो पाठ्यपुस्तकमा मात्र सीमित रहने आजका कतिपय बालबालिकाहरुका निम्ति एनी भट्टराई दरिलो उदाहरण बन्न सक्छिन् । एकपछि अर्को गर्दै बालबालिकाहरुले पटकपटक विभिन्न विधा र क्षेत्रमा नूतन–नविन इतिहास रच्दै जाँदा यहाँ ४ वर्षिया एनी पनि समाजलाई बालबालिकाहरुले अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरण दिँदै कलाकारिता क्षेत्रमा चम्किएकी छिन् ।

ani1

उनी कलाकारिता क्षेत्रमा उदाएकी एउटी यस्तो प्रगल्भ बाल प्रतिभाका हस्ताक्षर हुन् जसले ४ वर्षको कलिलो उमेरमा नै नेपाली चलचित्रहरुको शीर्ष भूमिकाको अनुभव संगालिसकेको छ । ‘उदाहरण’, ‘मखमली’ र ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ को शीर्ष भूमिकामा रहेकी उनी हाल नेपालमा मात्र सीमित नभइ अब बलिउडमा समेत देखिने भएकी छिन् । एनीले हिन्दी चलचित्र ‘पुलिस अफिसर’ मा पनि अभियन गर्ने अवसर पाएकी हुन् । यही माघ २८ गतेबाट छायाङ्कन शुरु हुने भनिएको हिन्दी चलचित्र ‘पुलिस अफिसर’ को तयारीका लागि एनी माघ २० गते नै मुम्बई जाने तयारीमा छिन् ।ani

२०६७ साल साउन २० गते जन्मिएकी एनीद्वारा अभिनित लघु चलचित्र ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ लाई इन्टरनेशनल फिल्म फेस्टिबलमा समेत प्रदर्शन गरिएको थियो । एनीले आफ्नो पहिलो चलचित्र ‘उदाहरण’ मा नेपालका ख्याती प्राप्त एवम् बहुचर्चित पुराना कलाकारहरु भुवन चन्द ९नेपालकै पहिलो नायिका०,नीरशाह, सिमान्त उदास, गरिमा पन्त लगायतसँग अभिनय गरिसकेकी छिन् । माता एलिना र पिता निलमकी छोरी एनी काठमाडौंस्थित बानेश्वरको एक विद्यालयमा कक्षा एल।के।जी।मा अध्ययन गर्दै छिन् । एनी कलाकारिताको क्षेत्रमा जति अब्बल देखिन्छिन् पढाइको क्षेत्रमा समेत त्यत्तिकै अब्बल रहेकी छिन् । विद्यालयमा आयोजना हुने विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा समेत भाग लिने उनी कक्षाकी प्रथम छात्रा हुन् ।

“एनीको खुबी देखेर सबै तिन छक्क पर्छन् ।”, ‘उदाहरण’ चलचित्रका प्रोड्युसर डि।पी। शाह चक्रवती भन्छन्, “वास्तवमै उनी प्रतिभाशाली छिन् ।” उनको बाल मानसपटलको कोमल सरसिला शब्दकुञ्जले सबैलाई मोहित बनाउने गरेको छ । एल।के।जी।मा पढ्ने एनी सामाजिक सञ्जाल फेसबुक चलाउन समेत खप्पिस छिन् । “फुर्सदको समयमा फेसबुक चलाउछु ।”, एनी भन्छिन्, “फेसबुक बाबाले चलाएको देखेरै सिकेकी हुँ ।”

“नेपाली सिने जगतको क्षेत्रमा स–सानो भूमिकामा त धेरै बालबालिकाहरुलाई राख्ने गरिएको छ ।” एनीले अभिनय गरेकी एक चलचित्रका डाइरेक्टर असुअसेस गिरी भन्छन्, “तर एनीले भने ४ वर्षमा नै शीर्ष भूमिका निभाएर नेपालमै एउटा नौलो कीर्तिमानी राखेकी छिन् ।”

पढाइ, कलाकारिता अनि अतिरिक्त क्रियाकलापलाई एकै साथ अघि बढाउँदै गरेकी एनीले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी छिन् । नितान्त जिज्ञासु तथा कल्पनाशील स्वभावकी उनी बालबालिकाहरु उचित अवसर पाए उनीहरु जस्तोसुकै कार्य समेत सहजै गर्न सक्छन् भन्ने उदाहरणको एक पात्र बनेकी छिन् ।

आशा गरौं भविष्यमा हामी एनी भट्टराईको नाम नेपाली सिने जगतको अग्रपङ्तिमा पाउने छौं । उनको डाक्टर बन्ने लक्ष्य साकार होस् । उनी कलाकारिता क्षेत्रमा सधैँ यसरी नै निरन्तर अघि बढिरहुन् । हाम्रो तर्फबाट उनलाई धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *