June 14, 2026

भद्रपुरको उपाधि वडा नम्बर १० ले चुम्यो

0

भद्रपुर, कार्तिक २९ । झापाको भद्रपुर नगरपालिका कार्यालयद्धारा सञ्चालित प्रथम वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले चुमेको छ ।
भद्रपुरको मेची रंगशालामा मुनाल क्लव चन्द्रगढीको सहकार्यमा कार्तिक २४ गते भएको फाइनल खेलमा वडा नम्बर १३ लाई एकका विरुद्ध दूई गोल गर्दै वडा नम्बर १० ले उपाधी चुमेको हो ।
वडास्तरीय उपाधी चुमेसगै वडा नम्बर १० ले नगद ३१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएका थिए । उपविजेतामा चित्त बुझाएको वडा नम्बर १३ ले नगद २१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको थिए ।
फाइनल खेल हेर्ने रंगशालामा खचाखच दर्शकहरुको उपस्थितमा भएको खेलको पहिलो हाफको १४ औ मिनेटमा वडा नम्बर १० का तर्फ बुद्ध तामाङ्ग एक गोल गरेर खाता खोलेका थिए । सोही हाफको ३३ औ मिनेटमा सोही टिमका तर्फबाट रुपक श्रेष्ठले थप एक गोल गरेपछि पहिलो हाफमा वडा नम्बर १० दुई गोलले अगाडी रहेको थियो । दोस्रो हाफमा आक्रमक पारी खेलका वडा नम्बर १३ का तर्फबाट मित्र बस्नेतले ५९ औ मिनेटमा एक गोल फर्काएका थिए ।
नगरपालिका कार्याकारी अधिकृत सन्तोष घिमिरेको सभापतित्व तथा सांसद सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा म्यान अफ द सिरीज वडा नम्बर १० का मित्र बस्नेत, उत्कृष्ट मिडफिल्ड वडा नम्बर ११ का श्याम मर्डी, उत्कृष्ट टिम तर्फ वडा नम्बर १ , उच्च गोलकर्ता तर्फ वडा नम्बर १० का बुद्ध तामाङ्ग, उत्कृष्ट डिफेन्स तर्फ वडा नम्बर १० का अनिल गुरुङ्ग, उत्कृष्ट फरवड तर्फ वडा नम्बर ११ का कुशल मगर, उत्कृष्ट गोल रक्षक तर्फ वडा नम्बर १४ का विपाङ्गसु राउत, उत्कृष्ट प्रशिक्षक तर्फ वडा नम्बर १० का प्रविण राई घोषित भएका थिए । उनीहरुलाई पनि नगद, शिल्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *