September 24, 2026

राहदानी कागजात हेरफेर प्रकरण  : गौरीगञ्ज इलाका प्रशासनका तत्कालीन प्रमुख आपगाईसहित १० जनामाथि भ्रष्टाचार मुद्दा

0

झापा, इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणी आपागाईंसहित १० जनामाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
आयोगको विज्ञप्तिमामा राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति भन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गराइएको आरोपमा उनीहरूलाई मुद्दा दर्ता गरिएको हो।
यस प्रकरणमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणी आपागाईं, तत्कालीन नायब सुब्बा रबिन कुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहालमाथि मुद्दा दर्ता गरिएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासन अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू बिनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोमाथि पनि भ्रष्टाचारको आरोप लगाइएको छ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ।

  • विनोद कुँवर – राहदानीमा जन्म मिति ५ वर्ष घटाइयो (नागरिकतामा १९७६/१०/१३ → राहदानीमा १९८१/१०/१३)

  • सिमान्त विश्वकर्मा – जन्म मिति २ वर्ष बढाइयो (नागरिकतामा २००४/०९/०३ → राहदानीमा २००२/०९/०३)

  • गोविन्द प्रसाद ढुंगेल – जन्म मिति ५ वर्ष घटाइयो (नागरिकतामा १९८१/०७/२६ → राहदानीमा १९८६/०७/२६)

  • बलराम महतो – जन्म मिति ८ वर्ष घटाइयो (नागरिकतामा १९८२/१०/२४ → राहदानीमा १९९०/१०/२४)

संलग्न कर्मचारीहरू

प्रत्यक्ष संलग्न कर्मचारीहरूमा निम्न व्यक्तिहरू छन्:

  • इलाका प्रशासन कार्यालय, गौरीगंजका तत्कालीन प्रमुख चुडामणी आपगाँई

  • नायव सुब्बा रबिन कुमार राजवंशी

  • कम्प्युटर अपरेटर आकाश मगर

  • कार्यालय सहयोगी जीवन कुमार दाहाल

  • जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलकेशव प्रसाद रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *