June 17, 2026

अवैध गाँजा खेती फडानी गरी नष्ट

0

विराटनगर।

धनकुटा र भोजपुरका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका तथा प्रकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु नष्ट गर्न इलाका प्रहरी कार्यालय छिन्ताङबाट कार्तिक २३ गते परिचालन भएको प्रहरी टोलीले शहिदभूमी गाँउपालिका-५ स्थित ५ रोपनी क्षेत्रफलमा रहेका कारिव १० हजार बोट र इलाका प्रहरी कार्यालय राजारानीले चौबिसे गाउँपालिका-५ डाँडाखर्क स्थित ३ रोपनी क्षेत्रफलमा रहेको करिव ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाको बिभिन्न वडा एरियाका १० रोपनी जग्गामा रहेको करिव १ हजार ५० वटा गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *