June 17, 2026

मनोसामाजिक उपचार केन्द्रलाई प्रभावकारी बनाउन माग

0

भेरीगङ्गा (सुर्खेत),

कर्णालीमा पछिल्लो समय मनोसामाजिक अपाङ्गता एवम् समस्या बढ्न थालेका छन् । अपहेलित हुने डरले मनोसामाजिक समस्यामा परेका व्यक्ति खुल्न सक्ने अवस्था नरहेको भए पनि भित्रभित्रै यो समस्या बृद्धिभइरहेको विज्ञहरु बताउँछन् । समाजलाई सचेत बनाउनको लागि निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाबाट मनोसामाजिक अपाङ्गता भएका १५० जनाले परिचयपत्र पाएका छन् । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिसँगको छलफलमा कोसिस नामक सस्थामा कार्यरत अधिकृत सूर्यप्रसाद भट्टराईले २३ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराइएको बताउनुभयो ।

उहाँका अनुसार अध्ययन छाडेर बसेका तीन जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई छात्रवृत्तिको लागि पहल गरी पुनः अध्ययनमा फर्काइएको छ ।“८० जना व्यक्तिले मनोविमर्श सेवा प्रदान गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा सुधार आएको छ” उहाँले भन्नुभयो,“१५० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरी स्वास्थ्य बिमामा जोडिएका छन् ।”

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई नियमित ममोविमर्श सेवा प्रदान गर्ने कार्य जारी रहेको उहाँको भनाइ छ । परियोजनामार्फत मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारमूलक क्रियाकलापहरुमा जोड्नको लागि विभिन्न निकायसँग पहल तथा जीविकोपार्जनमा सहयोग गरिएको छ ।
समुदायसतरमा मानिसहरु प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य तथा अत्महत्या रोकथामका विषयमा सचेत हुनुपर्ने भन्दै यो समस्याका बारेमा आम नागरिसम्म जनचेतना आवश्यक रहेको बताइएको छ ।

परिवार तथा समाजका केही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको क्षमतामा विश्वास नगर्नु र सरोकारवालाले कार्यक्रम बनाउँदा समग्र अपाङ्गतालाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुले मनोसामाजिक अपाङ्गता भएका व्यक्ति पहुँचमा पुग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *