September 19, 2026

माईकी एक महिलामा जापानिज इन्सेफलाईटिस भेटियो

0

 इलाम ।

माई नगरपालिका वडा नं ८ महमाई इलाममा जापानिज इन्सेफलाइटिस (जेई) का कारण एक जना महिला गम्भिर विरामी पर्नु भएको छ ।

जापानिज इन्सेफलाईटिसका लागि रगत नमूना सङ्कलन गरि प्रयोगशाला नतिजा पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले जनाएको छ। विरामीलाई नोवेल अस्पताल बिराटनगर लगिएकोमा रगत नमुना संकलन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पोजेटिभ देखिएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य निरिक्षक पुष्कर कट्टेलले वताउनु भएको छ।

वहाँका अनुसार यो रोग लागेमा गम्भिर अवस्था १ प्रतिशत, मृत्युदर ३० प्रतिशत हुन्छ भने वाचेका धेरैमा दिर्घकालिन रुपमा स्नायुमा असर पर्दछ। यो कुनै लक्षण र चिन्ह नरही संक्रमण हुन सक्दछ। जापानिज इन्सेफ्लाइटिस एक भाइरसजन्य रोग हो, जुन क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो रोग विशेषगरी ग्रामीण र कृषि क्षेत्रका बासिन्दामा देखिने गर्छ ।

यो भाईरस धानबारी, फोहोर पानी जम्ने स्थान र पशुपालनको कारण लामखुट्टेको संख्या बढी हुन्छ। यो रोग सर्ने माध्यम संक्रमित सुँगुर वा चराचुरुङ्गीबाट लामखुट्टेमा भाइरस सर्छ र संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा रोग सर्ने गर्दछ तर यो संक्रमण मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन।

विशेष गरी जापानिज इन्सेफ्लाइटिस बालबालिका, कृषि क्षेत्रमा काम गर्ने किसान, ग्रामीण क्षेत्रका बासिन्दामा लाग्ने गरेको छ । जेई रोगको लक्षण सुरुमा ज्वरो आउने, टाउको दुखाई, वाकवाकी लाग्ने, बान्ता हुने, शरीर दुखाइ तथा गम्भीर अवस्थामा मानसिक स्थिति परिवर्तन, अचेत, बकबक, घाँटी कठोर हुनु, दीर्घकालीन स्नायु सम्बन्धी समस्या हुने गर्दछ।

विशेष गरी जापानिज इन्सेफ्लाइटिस रोगको रोकथामका उपायहरुमा लामखुट्टेको टोकाइबाट जोगिने, मच्छरदानीको प्रयोग लामखुट्टे मार्ने औषधि लगाउने, पानी नजम्ने गरी सरसफाइ गर्ने, सुँगुरलाई मानवीय बस्तीबाट टाढा राख्ने लगायत रहेका छन्। त्यस्तै जापानिज इन्सेफ्लाइटिसको खोप लगाउने तर उपचार यसका लागि विशेष एण्टिभाइरल औषधि नरहेको वताईएको छ । उपचार मुख्यत लक्षण अनुसार सहयोगी हेरचाह दिइन्छ। गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको छ।

गत वर्ष नेपालमा ६१ जनामा भाइरसले सार्ने यो सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *