April 30, 2026

मोरङ प्रहरीलाई ठूलो सफलता : उखुबारीबाट ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद

0

योगेन्द्र योगी
बिराटनगर,

मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । मंगलबार साँझ साढे ६ बजे लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका- १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी तथा प्रवक्ता कोपिला चुँडालका अनुसार प्याक गरी लुकाई छिपाई राखेको ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको जानकारी दिईन् । ईलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरीया नोचा, प्रहरी चौकी अमाहीबरीयाती तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको थियो।

गाजा बरामदपश्चात थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ साथै,गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो ।

यस्तै, इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *