May 1, 2026

रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन

0

झापा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १२ औं तथा रोट्रयाक्ट क्लव बिर्तामोडको ११ औं पदस्थापन सम्मपन्न भएको हो ।
पदस्थापन समारोहमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष राजेन्द्र अग्रवालले नव निर्वाचित अध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हालाई रोटरी चेन पहि¥याएका थिए भने रोट्रयाक्टका अध्यक्ष संजय अग्रवालले अमन मित्तललाई रोट्रयाक्ट चेन पहि¥याएका थिए ।
रोटरी क्लव ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष सिन्हाले सपथ लिएसंगै नव गठित समितिलाई सपथ गराएकी थिइन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट इलेक्ट होम कार्कीले स्वागत गरेको कार्यक्रममा रोटरी क्लवलाई सहयोग पु¥याउने विभिन्न १४ वटा संघ–संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुने संस्थाहरुमा बीएण्डसी अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल, नेपाल औषधि विक्रेता प्रतिनिधि संघ, सप्तकोशी विकास बैंक, देवभूमि विद्यापीठ, टिम डिकोड नेप्से, रत्न मेडिकल हल, ओसियन फर्मा, श्री कृष्ण ट्रेड सप्लायर्स, नेपाल एसवीआई वैंक (सागर कोइराला), ग्लोवल आइएमई बैंक, एभरेष्ट बैंक, सानिमा जनरल इन्स्योरेन्सरहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर कोइराला सहित एसिस्टेन्ट गर्भनरविनोद चापागाई, जोन वान प्रतिनिधि सावन अधिकारी, डिस्ट्रिक जोइन सेक्रेटरी, सुजन प्रधान, रोटरी क्लव ३२४० का पाष्ट डिस्ट्रिक गर्भनर शिवसिस चार्टजी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेसिडेन्ट नोमिनी तुलसी मिश्रले धन्यवाद त्रापन गरेको कार्यक्रममा अध्यक्ष सिन्हाको परिचय सिदार्थ नवीन उप्रेतीले गराएका थिए ।
जुलाई १ बाट सिन्हाको अध्यक्षतामा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गर्ने गरी चयन भएको नयाँ कार्यसमितिमा पाष्ट प्रेसिडेन्ट राजेन्द्र अग्रवाल सहित प्रसिडेन्ट इलेक्ट होम कार्की, प्रेसिडेन्ट लोमिनी तुलसी मिश्र , सेक्रेटरी रोशन बुढाथोकी, ट्रेजरर सुमित कुमार अग्रवाल, क्वल एड्मिन चेयरसन्नी गोयल, सर्भिस प्रोजे६क चेयररत्न वुढाथोकी, मेम्वरसिप चेय राजीव जैन, पब्लिक इमेज चेयर अपर्ण शर्मा, टीआई एफ चेयर शारदा रिजााल, सार्जन्ट एट आम्स चन्द्रप्रकाश वास्कोटा, टिच कोअडिनेटर जीपी पाण्डे, जोइन्ट सेक्रेटरी कोमल धानुका र जोइन्ट ट्रेजररमा जीतेश अग्रवाल रहेका छन् ।
यता रोट्रयाक्ट क्लव बिर्तामोडमा अमन मित्तलको नेतृत्वमा इमिडियट पाष्ट प्रेसिडेन्ट संजय अग्रवाल , भाइस प्रेसिडेन्ट अर्चना अधिकारी,सेक्रेटरी सोम्य शर्मा, टे«जरर पियुस खेतान, जोइन्ट ट्रेजरर चेतन जजोडिया, क्लव सर्भिस डाइरेक्टर आश्मा लुइँटेल, कम्युनिटी सर्भिस डाइरेक्टर देव शर्मा, प्रोफेसनल सर्भिस डाइरेक्ट सन्दिप गिरी, इन्टरनेशनल सर्भिस डाइरेक्टर दिपेश अग्रवाल, सर्जेन्ट एट एम्स अर्पणा सापकोटा, इस्पेसियल एरिया प्रोजेक्ट दिनेश खतिवडा, द रेटरी फाउण्डेशन चियर किशन गोयल, पब्लिक इमेज चेयर मौसम घिमिरे, यम लेडर फेसिलेटर सौरभ कर्ण , लर्निङ फेसिलेटर भिष्म घिमिरे, क्लव मेन्टर जितेश अग्रवाल, क्लव एड्भाइजर शरद जोशी, र क्लव एड्भाइजर सोनी गोयल रहेका छन् ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी रोशन वुढाथोकी र रोट्रयाक्ट क्लव बिर्तामोड मिड टाउनका सेक्रेटरी सोम्य शर्माले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *