May 7, 2026

लागूऔषधसहित दुई जना पक्राउ

0

विराटनगर ।

झापा र मोरङबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ मा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–८ मा बस्दै आएका २५ बर्षीय जितेन्द्र आङ्देम्बेलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजा बेकेको बीआर ३८ क्यू ५६८६ नम्बरको मोटरसाईकलसहित भारत अररियाका २२ बर्षीय मोहमद ईर्सादलाई प्रहरी चौकी अमाही बरियातीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *