May 7, 2026

वीरता लेडी जेसीजको जेसीज सप्ताह समापन

0

झापा, वीरता लेडी जेसीजको जेसीज सप्ताह समापन गरेको छ । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मुना ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी उपाध्यक्ष तारा वस्नेतले आस्था बाचन र कानूनी सल्लाहाकार अस्मिता कुरुङवाङले मिसन भिजन बाचन गरेका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष तथा जेसीज सप्ताह मूल संयोजक मेनुका ओलीले औचित्यमाथि प्रकाश पार्दै जेसीज सप्ताहमा नौ वटा कार्यक्रम गरिएको बताइन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक शारदा ढकाल रिजाल, वीरता जेसीजका अध्यक्ष युवराज कुँवर, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, राष्ट्रिय अनुसन्धान विभाग झापाका उपनिर्देशक उमेश पाण्डे, शसस्त्र प्रहरी वल नेपाल नम्बर २ गणका शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव प्रभा रायले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *