September 17, 2026

पथरी शनिश्चरे नगरपालिकाको ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत 

0
पथरी शनिश्चरे।
पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा सम्पन्न भएको छ ।   मंगलबार आगामी आर्थिक वर्ष २०८२- ०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको हो ।
  नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको उक्त नगरप्रमुख मोहनप्रसाद तुम्वापोले नगरसभा समक्ष आगामी आर्थिक वर्षको लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो।
नगर उप–प्रमुख देवीमाया काफ्लेको स्वास्थ्यमा समस्याका कारण नगर प्रवक्ता नवीन कार्कीले पथरी शनिश्चरे नगरपालिकाको  आगामी वार्षिक नीति तथा कार्यक्रम पढेर सार्वजनिक गर्नुभएको थियो।
यसैगरी, न्यायिक समितिको वार्षिक प्रतिवेदन न्यायिक समिति सदस्य पदम बहादुर धिमालले प्रस्तुत गर्नुभएको थियो । यस्तै, लेखा समिति संयोजक भीम राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार विकासमा लगानी गर्दै रोजगारी सृजना गरी गरिबी घटाउने, नगरका नागरिकहरुको स्वास्थ्यको गुणस्तर बढाउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, कृषिमा व्यवसायिकीकरण,  यान्त्रिकरण आधुनिकीकरण र विविधिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यहरू लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *