September 22, 2026

लागू औषधसहित ६ जना पक्राउ

0

विराटनगर ।

ताप्लेजुङ र पाँचथरबाट प्रहरीले लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बिक, फक्तालुङ गाउँपालिका-३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका–४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका–१ का ३० बर्षीय सागर लिम्बू र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *