June 16, 2026

अपाङ्गता स्वावलम्वन समाजको क्षमता विकास तालिम सम्पन्न

0

अर्जुनधारा ।

अपाङ्गता स्वावलम्वन समाज अर्जुनधाराको आयोजना र अर्जुनधारा नगरपालिकाको प्रायोजनमा शुक्रबार क्षमता विकास तालिम सम्पन्न भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत समाज एवम् अर्जुनधारा नगरपालिकाको ११ वटा वडामा रहेका मिलीजुली समूहका पदाधिकारी तथा सदस्यहरुलाई लक्षित गरि उक्त तालिमको आयोजना गरिएको समाजका अध्यक्ष केवल बाँनियाले जानकारी दिएका छन् ।

अर्जुनधारा–८स्थित दुग्धेश्वर शिवालय मन्दिरको सभाहलमा समाजका अध्यक्ष बाँनियाको अध्यक्षतामा आयोजित तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सहजकर्ताहरु समाजका सल्लाहकार एवम् प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक दीपेन्द्र काफ्ले, व्यवस्थापक तुलसा कुँवर र पूर्व अध्यक्ष खेम रेग्मीले सहजिकरण गरेको तालिममा ५० जनाको सहभागिता रहेको बताइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ शाखाकी प्रमुख सूर्यमाला पन्धाकललगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत समाजका पूर्व अध्यक्ष रेग्मीले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार काफ्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *