June 16, 2026

उपभोक्ताको एकाघरमा सदस्यको निधन हुँदा एक महिनाको पानी महसुल निःशुल्क

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताको एकाघरमा सदस्यको निधन भएमा एक महिनाको पानी महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष किरण शिवाकोटीको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यसमितिको बैठकले सम्बन्धित शोकाकुल परिवारमा संस्थाकोतर्फबाट समवेदना स्वरुप उक्त निर्णय गरेको संस्थाका अध्यक्ष शिवकोटीले जानकारी दिएका छन् ।

अध्यक्ष शिवाकोटीका अनुसार शुक्रबारदेखि नै लागु हुने उक्त निर्णय कार्यान्वयनका लागि उपभोक्ता परिवारकोतर्फबाट सम्बन्धित मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदन संस्थाको कार्यालयमा पेश गर्नुपर्ने बताइएको छ ।

समितिले सामाजिक उत्तरदायित्व अन्र्तगत यस अघि निःशुल्क धारा जडान, आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने उपभोक्ताका लागि किस्ताबन्दीमा धारा जडान, गत वैशाख १ गतेदेखि लागू हुने गरी यस अघि कायम रहेको एक सय ५० रुपैयाँलाई संशोधन गर्दै प्रत्येक महिना आठ युनिट अर्थात् आठ हजार लिटरसम्म पानी प्रयोग गर्ने उपभोक्ताबाट एक सय ३० रुपैयाँ मात्र महसुल लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *