June 16, 2026

खैरो हेरोइनसहित चार पक्राउ

0
भद्रपुर (झापा), 
प्रहरीले यहाँको दमकबाट खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुुसार पक्राउ पर्नेमा दमक–९ अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन ।
भगवान किन्डो उरावको घरमा मानिसहरु भेला भई लागु औषध खरिद बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले अजय राईको साथबाट ४.८८ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको प्रनाउ खड्काले बताउनुभयो ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *