September 21, 2026

स्वास्थ्य पत्रकार आचार्यलाई रोटरी जर्नो अवार्ड

0

काठमाडौं,

हेल्थ टिभी अनलाइनकी सम्पादक तथा स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष कल्पना आचार्यलाई रोटरी जर्नो अवार्डले पुरस्कृत गरिएको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डमध्ये यस वर्षको स्वास्थ्य विधामा आचार्य पुरस्कृत भएकी हुन्।

राजधानीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र मान शेरचन लगायतका पदाधिकारीले नगद ५१ हजार तथा कदरपत्रबाट उनलाई सम्मान गरे। स्वास्थ्य क्षेत्रमा रोगको रोकथाम र उपचारका क्षेत्रमा जनचेतना फैलाउन दुई दशकदेखि गरेको योगदानको कदर गर्दै आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यसैगरी पुरस्कार पाउनेहरुमा शिक्षातर्फबाट नारायण किलम्बु, आर्थिक तथा सामुदायिक विकासतर्फ पवन वर्षा शाह, पानी तथा सरसफाई विधा तर्फ सागर परियार, मातृ तथा शिशु स्वास्थ्यतर्फ अनिता भेटवाल, शान्ति तथा द्धन्द रोकथामतर्फ उन्नती चौधरी र स्वतन्त्रतर्फबाट विकास रौनियार रहेका छन्।

यसैगरी रोटरी लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ । वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा गठित समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *