September 21, 2026

नेहारिकालाई साइकलसहित खोलाले बगायो

0

झापा, जमुना खोलाले बगाउँदा दक्षिणी झापाको कचनकवलमा एक बालिका बेपत्ता बनेकी छिन् ।
कचनकवल १ झकुवा टोल बस्ने पचु राजवंशीको १४ वर्षीया छोरी नेहारिका राजवंशी खोलाले बगाएर बेपत्ता बनेकी हुन् । भारतमा रहेकी सानिमाको घरबाट फर्कदै गर्दा उनलाई जमुना खोलाले बगाएको प्रहरीले जनाएको छ । साइकलमा सवार उनलाई साइकल सहित खोलाले बगाएको बताइएको हो । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *