September 19, 2026

अर्जुनधारामा योग शिविर शुरु

0

कटरडाँडा ।

अर्जुनधारा– ७ स्थित सामुहिक उद्वार तथा उपकार संघको पितृमोक्ष भवनमा योग शिविरको शुरु भएको छ ।

सामुहिक उद्वार तथा उपकार संघ पितृमोक्ष भवनको आयोजना तथा ७ नं. वडा कार्यालयको व्यवस्थापन सहयोगमा भएको कार्यक्रममा सामुदायिक उद्वार संघ पितृमोक्ष भवनका अध्यक्ष जर्नादन उप्रेतीको अध्यक्षता वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पतञ्जली झापा जिल्ला समिति सगंठन मन्त्री रुद्र ओली, जिल्ला सदस्य लक्ष्मी ढुंगाना, वडा नं. १० अध्यक्ष तथा प्रशिक्षक भूपेन्द्र न्यौपाने पतञ्जली योग समिति अर्जुनधारा अध्यक्ष दधिराम मिश्र, वडा नं. १० का संयोजक गोपीकृष्ण सिग्देल, उपकार संघका उपाध्यक्ष रमेश त्रिखती, अर्जुनधारा जलेश्वरधामका प्राचार्य हेमन्त भण्डारी, पूर्वाञ्चल दैनिकका कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारी रहेका थिए ।

वडाध्यक्ष खतिवडाले योग साधनका लागि अवश्यक सहयोग गर्ने बताए । साधन केन्द्रमा स्थानीय योग प्रशिक्षकद्वारा निरन्तर बिहान ४ः३० देखि ६ बजेसम्म साधन सञ्चालन हुने प्रशिक्षक सीता बस्नेतले जानकारी दिइन् ।

अर्जुनधारा–१० अध्यक्षले अर्जुनधारा अब योगमय भएको बताए । हाल अर्जुनधारा–१ र २ को सिस्नेमा वडा ५ बैसावरी ६ वडाको कप्तानवारी दुर्गा मन्दिरमा वडा ४ र ७ को रातेखाल ८ र९ को शिवालय मन्दिर ९ र १० को कालिस्थानमा शिविर सञ्चालन भई साधना भइरहेको र पुनः बिहीबारबाट ७ नं. वडा अर्को शिविरको उद्घाटन भएको जानकारी दिए ।

पतञ्जली योग समिति वडा नं. ७ का संयोजक रुद्रप्रसाद खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन योग प्रशिक्षक नारायण खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *