September 20, 2026

रिफुजी च्यालेन्ज कप : बिआरसी बेलडाँगी सेमीफाइनलमा प्रवेश

0

पथरीशनिश्चरे,

झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) बेलडाँगीले फेयर क्लब धरानलाई १ को विरूद्ध ३ गोल गर्दैै सेमीफाइनलमा प्रवेश गरेको छ।

बुधबार माेरङकाे पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप -२०२४को आज सम्पन्न खेलमा सेमीफाइनलमा प्रवेश गरेको हो।

विदेशी खेलाडीहरूलाई पनि खेलमा अनुबन्धित गरी आजका दुवै टिमहरू मैदानमा उत्रिएका थिए। प्रतिस्पर्धात्मक खेलमा बिआरसी बेलडाँगीका जर्सी नं २२ का डेभिडले निर्धारित समयको ७ औं मिनेटमा गोल गर्दैै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।मध्यभागबाट गौरव धिमालले दिएको पासलाई नियन्त्रणमा लिएर उनले प्रहार गरेको बलले जाली चुम्दै गोल भएको थियो।

त्यस्तै, खेलको ३४ औं मिनेटमा सोहि टिमका जर्सी नं ११ का वर्तमान राईले ३४ मिनेटमा अर्को गोल गर्दैै आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफको २९ औं मिनेटमा बेलडाँगी रिफुजी क्लबका जर्सी नं २२ का डेभिडले विपक्षी टिमको डिएरीया बक्सबाट सान्दार गोल गर्दै पुनः अर्को गोल थप्दै आफ्नो टिमलाई ३-० अग्रता दिलाए।

३० औं मिनेटमा मैदान प्रवेश गरेका फेयर क्लब धरानका १४ का सुवास तामाङले ३४ औं मिनेटमा १ गोल फर्काउँदै गोल अन्तरलाई ३- १ मा घटाएका थिए। आजको खेलमा “म्यान अफ दि म्याच’ – बिआरसी बेलडाँगीका डेभिड घोषित भए। उनलाई पथरीशनिश्चरे वडा नं दुईका वडाध्यक्ष नैना साम्पाङ राईले नगद २ हजार रुपैयाँ नगद सहित ट्रफि प्रदान गर्नुभएको थियो।

भोलिको खेल बि .वाई. सी. र कन्चनजंघा एफसी भारत बिच हुने आयोजक समितिका सुमन कुरूङवाङले जनाएका छन्। उक्त अवसरमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति, शनिश्चरेका सचिब कारण राई लगायतको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *