September 18, 2026

हनुमान मन्दिरको सभा

0

बिर्तामोड।

हनुमान मन्दिर समिति बिर्तामोड–१ हनुमाननगरको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्या तथा मन्दिर समितिको अध्यक्ष मीरा कडरियाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रदेश सभासद एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, आ.पं. प्रकाशचन्द्र रिजाल, बिजयकुमार बुढाथोकी, मन्दिरका संस्थापक अध्यक्ष शान्तिदेवी थापा, डा. मणि रिजाल, सुरेशकुमार अग्रवाल भद्रपुरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन मिरा कडरीया र कोषाध्यक्षको प्रतिवेदन गीता खरेल पकुवालले प्रस्तुत गरेका थिए । मन्दिर निर्माणमा नगद तथा जिन्सी सहयोगी, अक्षयकोष दाता गरी १९ जनालाई सम्मानपत्र तथा चार जनालाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।

नौ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न बिजयकुमार बुढाथोकी संयोजक तथा रामकुमार नेपाल र कमला अधिकारी कोइराला सदस्य रहेको तीन सदस्यीय समितिले सहजीकरण गरेको थियो ।

नवनिर्वाचित अध्यक्षमा नवीन सापकोटा, उपाध्यक्षमा तुलसीराम खरेल, सचिवमा गिता खरेल पकुवाल, कोषाध्यक्षमा निलम घिमिरे ओझा तथा सदस्यहरुमा कमलादेवी उप्रेती, डिकमाया भण्डारी, सुरेन्द्र भुजेल, निर्मला खरेल दङ्गाल, सबिना गौतम सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको सञ्चालन सचिव गीता खरेल पकुवालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *