September 21, 2026

पक्की घर बनेपछि दाङ्ग छिन् विपन्न डिकमाया

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे -७ की अति विपन्न डिकमाया अधिकारी स्थानीय ,वडा प्रतिनिधि र सहयोगी मनहरूको सहयोगमा पक्की घर बनेपछि निकै दङ्ग छिन् ।

शनिबार स्थानीय सर्वसाधारणहरूको सकृय सहभागितामा सिमान्त साइली भनेर चिनिनु हुने डिक माया अधिकारीका लागि निर्माणाधीन घरको भुइ ढलान भएपछि खुशीले गदगद भएकी हुन्।
शनिबार स्थानीय, रास्वपाका प्रतिनिधीहरू र जनप्रतिनिधिहरूको सहभागितामा ढलान भएको थियो ।

वडा कार्यालयको विपन्न आवास कार्यक्रम अन्तर्गत अति विपन्न एकल महिला समेत रहेकी उनको सुरक्षित घर निर्माण भैरहेको छ। हाल सम्ममा ४० बोरा सिमेन्ट ,वडा कार्यालयले छानोमा लगाउने कर्कटपाता, राष्ट्रिय स्वतन्त्र पार्टी पथरीशनिश्चरेले ट्रष्टको फलामको डाँडा-भाटा, स्थानीय सर्वसाधारणले निशुल्क श्रमदान लगायतका शारीरिक तथा आर्थिक सहयोगबाट उनको आवास निर्माण भैरहेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो।

केही महिनादेखि स्थानीय र देश विदेशमा रहनुहुने नेपालीहरूले वडा कार्यालयमार्फत उनको घर निर्माण कार्यका लागि आर्थिक सहित विभिन्न प्रकारको सहयोगबाट दुई कोठे कंक्रिट घर निर्माण भैरहेको वडा अध्यक्ष लोकनाथ न्यौपानेले जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले उनको घर निर्माणकार्य सम्पन्न भएपछि उनलाई घर हस्तान्तरण गर्नुका साथै आय- व्यय विवरण गर्ने सार्वजनिक गरिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *