September 16, 2026

नेपालको चुच्चे नक्सा बुच्चे देखाइदिएपछि बालेनले रद्द गरे चीन भ्रमण

0

काठमाण्डौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालले जारी गरेको चुच्चे नक्सलाई बुच्चे देखाइदिएको भन्दै उत्तरी छिमेकी चीनसँग आक्रोश पोखेका छन्।

अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको छ।

नेपालले २०७७ जेठ ७ भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो।

तर चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेको भन्दै बालेन रिसाएका हुन्। उनले नेपालको बुच्चे नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाए।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ’, उनले भनेका छन्, ‘त्यसैले आज (बिहीबार) चीनको निमन्त्रणामा हुँदै गरेको मेरो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

https://www.facebook.com/balenOfficial/posts/863330095159247?ref=embed_post

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *