लागूऔषध मुद्दाका फरार पक्राउ
झापा ।

लागूऔषध मुद्दामा फरार रहेको एक जनालाई झापाबाट पक्राउ गरिएको छ ।
झापा जिल्ला अदालतको मिति २०७८–०५–१३ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका झापाको दमक नगरपालिका वडा नम्बर ११ का २४ बर्षिय रामबाबु साहलाई प्रहरीले फक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद सरजालले जानकारी दिए ।
अदालतको आदेश अनुसार फरार रहेका प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका फरार प्रतिवादीलाई ५ बर्ष कैद तथा सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जनाइएको छ ।
