September 22, 2026


चितवनमा घन्टी बज्यो तनहुँमा रन्को
मेचीदेखि कालीसम्म लगाउ अब फन्को

सोणीमर रवि दाइले मतको भारी बोके
सर्वेन्द्र, रमेशले सलाम मात्र ठोके

उपेन्द्वनी उदाएछन् बारामा गएर
जनमत विप्लव पछ्याउँदैछन् जनतामा गएर

भिन्न–भिन्न पार्टी थियौ भिन्न भित्र चिन्ह
एकै ठाउँ मिस्यौ भने म त भोट दिन्न

खहरेलाई थुन्न्न भनी धोडका बिटा बाँध्यौ
११ गते भएपछि हर–हर महादेउ

भ्रष्टाचार भयो भन्छन् सबै ठूला पार्टी
रास्वपाका रवि रहिछन्न कारवाही गर्न आँटी

गोकुलहरुका गोजी ठूला सत्तरीनी आटे
ढाका तिम्रा साना रै’छन् दुई करोडमै फाटे

झस्किएछन् बुडा साडे रुखको हाँगा खस्दा
देख्यौ होलानी कस्तो भयो ओगटेर बस्दा

हवाई चप्पल लाउने आज हवाई जहाज चडे
सर्वहारा घट्दै गए भ्रष्टाचारी बडे

झण्डा बोक्यौं एकातीर भोट अर्कातिर
ए हजुरबा नमान है अब ठूलो पीर

नयाँ–नयाँ पाटी आए नयाँ–नयाँ सोच
अब तिमी बुडा भयौ नबोक है बोझ

जनतालाई सलाम गर भोट पछि पनि
बोले जस्तै काम गर भोट दिन्छौ अनि

श्रम गर्न सिक्छौ भने हर्क राईलाई हेर
नजाओस् अब पाँच बर्ष कुर्लिएरै खेर ।

कनकाई–४, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *