September 15, 2026

ओलीलाई प्रचण्डले चोख्याउने, एमालेले सदन चल्न दिने सहमति

0

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको आरोप रेकर्डबाट हटाउने सहमति भएको छ।

शनिबार सिंहदरबारमा बसेको शीर्ष तीन दलका बैठकले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले ओलीको संलग्नता नरहेको बारे प्रष्ट्याउने पनि सहमति भएको छ।

‘प्रधानमन्त्रीजीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सम्बन्धित पनि होइन, जुन कुरा अभिव्यक्त भयो त्यो कुरा सही छैन्, यो उपर्युक्त थिएन’ भनेर आज सदनमा भन्नुहुन्छ। त्यसपछि वातावरण सहज ढंगले अगाडि बढ्छ,’ उनले भने, ‘हामीप्रति निराधार आरोप लगाइयो। त्यो भ्रम चिर्न चाहन्छौं। सत्तापक्षबाट भएको छ त्यसको डटेर प्रतिवाद गर्छौं।’

नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए। यसको स्पष्ट छानविन हुनुपर्ने भन्दै एमालेका सांसदहरूले शुक्रबारको संसद्‌ बैठक अवरोध गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *