June 14, 2026

श्री गणेशबहादुर प्रसाईको सेवामा

0

विख्यात् सन्ततिका सुपुत्र तिमि हे, हे वंश–दीपोज्ज्वल !
ज्वाला के मनमा उठेर अहिले हुँदा भयौ विह्वल ?
भावैका नदमा बहेर कविता गर्दा कसो निष्फल
हौंला की भनि द्वीविधा गरि कती हुन्छौ तिमी चञ्चल !
उर्लन्छन् मनमा कवित् यदि भने लेखे सुपाईसँग
पर्वाहै किन गर्दछौ मनमहाँ आलोचनाको रंग
बोझा जो मनमा रहँन्छ कविको भावूकता भोकको
पोखाऊ जति जे छ भन्नु भवमा हर्षाश्रु वा शोकको ।।
स्रष्ट्रा हुन् कविता, ति ब्रम्हा सरि हुन् आफ्नो चलन् चालने
मन्थन् मानसको गरेर रहने आफ्नै दियो बालने ।
आफ्नै आड गरेर बस्नु बढनू पर्नेछ तिन्ले यहाँ
सोची यो मनमा बनाउ दह्रिलो आफ्नो हियाऊ त्यहाँ ।।
हेरौंला यदि त्यो नजर् गरिलिँदा त्याहाँ भरोसा भए
बोलौंला यदि क्यै निवेदन गरी सहाय हूने भए ।
मानिस हूँ, म त मित्र हूँ, मिल गला, जान्छौ नुही के तल !
विख्यात्् सन्ततिका सुपुत्र तिमि हे, हे वंश दीपोज्ज्वल ।।

रामकृष्ण शमा

(पद्यात्मक चिठ्ठीपत्री चलेका बेलाका पत्रमाको एउटा ता. १५–१०’५६ को पत्रको
जवाफ २०–१०–५६मा) भावालु मेरो मन–मार्च १९७३ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *