October 2, 2026

घरेलु माग बढ्न नसक्दा चीनको आयात तीव्र गतिमा घट्यो

0

काठमाण्डौं ।

अर्थतन्त्र सुधारोन्मुख देखिएको चीनको आयातमा अप्रिल महिनामा तीव्र गिरावट आएको छ। चिनियाँ भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ आयातमा गत वर्षको तुलनामा ७.९ प्रतिशतको गिरावट आएको छ। यो गिरावट अपेक्षित ५ प्रतिशतको गिरावट र गत मार्चको १.४ प्रतिशतको गिरावट भन्दा निकै खराब हो।

यस तथ्यांकले आर्थिक गतिविधिमा केही वृद्धि देखिएता पनि आन्तरिक माग भने कमजोर रहेको केही संकेत देखाएको छ। स्थानीय उपभोगलाई वृद्धि गर्न चीन सरकारले लगातार विभिन्न प्रयासहरु गरेपनि आयातमा गिरावट आएको छ।

तर, सामान्य उपभोक्ताहरूले गर्ने खर्चमा अप्रिलमा केही सुधार देखिए पनि व्यवसायहरुमा खर्च कमजोर रहेको तथ्यांकले जनाएको छ। गत जनवरीमा चीनले कोभिड महामारी नियन्त्रण गर्न लगाइएको कडा प्रतिबन्ध खारेज गरेपनि यस तथ्यांकले चीनमा उपभोग्य वस्तु तथा उत्पादनहरुको घरेलु माग कम रहेको दर्शाएको छ।

विशेष गरी कारखाना क्षेत्रमा देखिएको मन्दीले वस्तु आयातको मागलाई घटाएको छ। चीनको घरजग्गा क्षेत्रमा पनि मन्दी छाएको छ।

यसैगरी चिनियाँ निर्यात सुस्त गतिमा बढेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार नाफामा पनि निर्यातमा टेवा पु¥याएपनि निर्यातमा कमी देखिएको छ। चीनको निर्यात अप्रिलमा ८.५ प्रतिशतले बढेको छ, जुन अपेक्षित ८ प्रतिशत वृद्धि भन्दा बढी छ। तर, मार्चको १४.८ प्रतिशतको वृद्धि भन्दा केही कम हो।

योसँगै चीनको व्यापार नाफा ९०.२१ अर्ब अमेरिकी डलर पुगेको छ। यो अंक ७१.६० अर्ब डलरको अपेक्षित व्यापार नाफा र मार्चको ८८.१९ अर्ब डलर नाफा भन्दा बढी हो।

यी सबै तथ्यांकले चिनियाँ उत्पादनको वैदेशिक मागमा केही सुधार भएको देखाएको छ। यसले आगामी महिनाहरूमा चीनको कारखाना क्षेत्रमा तीव्र गतिमा वृद्धि आउन सक्ने संकेत गरेको छ। तर, विश्लेषकहरूले विश्वव्यापी आर्थिक अवस्थालाई ध्यानमा राख्दै चिनियाँ उत्पादनको मागमा आएको वृद्धि अल्पकालीन मात्रै हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *