September 30, 2026

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

0

काठमाडौ ।

चिनियाँ हस्तक्षेपबिरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीहरूलाई काठमाडौको भाटभटेनीबाट पक्राउ गरिएको छ।

अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

अभियानका संयोजक यादवले नेपाल कम्युनिस्ट पार्टीलाई इङिगत गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए।

प्रदर्शनको क्रममा ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपाली राजदैनिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’ र सगरमाथामाथी गिद्धेदृष्टि नगाउलगायत नाराहरू लगाइएको थियो ।

अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *