September 23, 2026

फ्रान्सको बास्टिल डे परेडमा भारतिय प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने

0

एजेन्सी ।

फ्रान्सको बास्टिल डे परेडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गेस्ट अफ अनर को लागि फ्रान्सेली राष्ट्रपतिले निमन्त्रणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा जुलाई १४ मा हुन गईरहेको भव्य परेड कार्यक्रममा सम्मानित अतिथिको रूपमा यस वर्षको बास्टिल डे परेडमा उपस्थित हुन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणा स्वीकार गरेका हुन् ।

“यो महत्वपूर्ण कोसेढुङ्गालाई चिन्ह लगाउन, एक भारतीय सशस्त्र बलको टुकडीले फ्रान्सेली समकक्षहरूसँग परेडमा भाग लिनेछ,” भारतीय सरकारले भन्यो ।

भ्रमणले भारत–फ्रान्स बीचको रणनीतिक साझेदारीको २५ औं वार्षिकोत्सवको रुपमा मनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *