September 17, 2026

प्रथम झापा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न

0

झापा,  झापाको बिर्तामोडमा प्रथम झापा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिब टंकलाल घिसिङले गरेका छन् ।
बिर्तामोड कराँतेको आयोजनामा भएको प्रतियोगितामा झापाका १३ वटा पालिकाका विद्यार्थीको सहभागीता रहेको थियो । प्रतियोगितामा ३० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका खेलाडी विद्यार्थीले सहभागीता जनाएको राष्ट्रिय खेलकुद् परिषका प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । प्रतियोगिता पुरुष र महिला तर्फका खेलाडीहरुको छुट्टा छुट्टै प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा एक सय ५० खेलाडी सहभागी थिए ।
बिर्तामोड करााँतेका अध्यक्ष सुदीप खवासको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला कराँते संघका अध्यक्ष मिलनराज प्रसाईले गरेका थिए । प्रतियोगिता समापन अघि गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवलय सदस्य चन्द्रप्रसाद कडरिया(सिपी), माओवादी केन्द्रका प्रदेश सदस्य कुवेर श्रेष्ठ अरुण लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सन २०११ मा सगरमाथा शिखर आरोहण गर्ने शारदाा कुमारी रायमाझी र नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सदस्यका रुपमा क्रिकेट खेल मार्फत झापा र झापालीको गौरव उच्च बनाएको भन्दै सुमन खतिवडालाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा महिला तर्फको खेलमा ३० केजी तौल समूहमा प्रथम योशा मगर, द्वितीय सुस्मिता तामाङ तृतीय जोष्ना कार्की र पवित्रा खवास भएका छन् ।
३५ केजी तौल समूहमा प्रथम कृपा चापागाई, द्वितीय सिन्जु मैनाली, तेस्रो जेसिका सिटौला र विनिता श्रेष्ठ भएका छन् ।
४० केजी तौल समूहमा प्रथम पूर्णिमा मुर्मू, द्वितीय पायल विष्ट, तृतीय त्रिजा चौधरी र पूजा ादाहाल भएका छन् ।
४५ केजी तौल समूहमा प्रथम रितु मुर्मू, द्वितीय मनिषा ढुङ्गाना तृतीय सभ्या राजवंशी र रचना माउदेन भएका छन् भने ५० केजी तौल समूहमा प्रथम मानषि कार्की, द्वितीय प्रकृति राई , तृतीय शेसेहाङ्ग लिम्बू र आस्था राई भएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वाशु दुलाल, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का, माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा,उपाध्यक्ष कमल प्रसाद कडरिया, सचिव गणेश कालिकोटे लगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलीमा झापा जिल्ला टेक्निकल कमिटी अध्यक्ष वद्री विष्ट, सीता राई, कृष्ण वस्नेत, ज्ञानेन्द्र राई, जीवन राई, अशोक राई, श्याम राई, दुर्गा उप्रेती, मुक्ति काफ्ले लगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *