September 15, 2026

दक्षिण कोरियाको आपत्तिः चीन र रुसका सैन्य विमान हाम्रो वायु रक्षा क्षेत्रमा प्रवेश गरे

0

दक्षिण कोरियाको सेनाले बुधबार ६ रुसी र दुई चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ । जसका कारण उसले पनि आफ्नो लडाकु विमान त्यहाँ पठाएको दाबी गरेको हो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले चिनियाँ एच–ट बम वर्षकहरू बुधबार धेरै पटक कोरियाली वायु रक्षा पहिचान क्षेत्र भित्र पसेको र त्यहाँबाट बाहिरिएको बताए । उनका अनुसार केही घण्टापछि दुई वटा रुसी एसयू–३५ विमान चारवटा टीयू–९५ विमानसहित जापानको सागर भनिने पूर्वी सागरमा प्रवेश गरेका थिए ।

यसपछि सबै विमान युद्ध क्षेत्रभन्दा बाहिर गएको र कसैले पनि दक्षिण कोरियाको हवाई क्षेत्रको उल्लंघन नगरेको दक्षिण कोरियाले बताएको छ । एयर डिफेन्स आइडेन्टिफिकेशन जोन भनेको कुनै देशको हवाई सिमाना बाहिरको क्षेत्र हो र त्यहाँ त्यो देशले सुरक्षा कारणले यस क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास गर्छ।

यद्यपि, अन्तर्राष्ट्रिय सन्धिमा यसलाई परिभाषित गरिएको छैन। दक्षिण कोरियाले भन्यो, ‘हाम्रो सेनाले आफ्नो सैन्य विमान कोरियाली एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा पठाएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *