September 16, 2026

पथरीशनिश्चरेमा राष्ट्रिय परिचय पत्र संकलन अभियान सुचारु

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सुचारू रहेको छ । नेपाल सरकारले राष्ट्रिय परिचय पत्र लागू गर्ने अवधारणा अनुरूप सो कार्यक्रम गत ११ गतेदेखि सञ्चालन भइरहेको हो।

हाल राष्ट्रिय परिचयपत्र विवरणको लागि फर्म भदै फोटो खिच्ने कार्य नगरको १० वटै वडाहरुमा अभियानकै रुपमा संचालन भैरहेको छ। नेपाली नागरिकताको प्रमाणपत्र लिई सकेका नेपाली नागरिकहरुले सहजै राष्ट्रिय परिचयपत्र बनाउन सक्ने भएकाले आ- आफ्नो व्यक्तिगत विवरण ठिक सित भर्न भराउन नगरपालिकाको कार्यालयले अनुरोध गरेको छ भने याे अभियानसँगै राष्ट्रिय परिचय बनाउन पथरीशनिश्चरे नगरबासीलाई आव्हान समेत गरेको छ।

यसैबिच, राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रमको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती, पशुपंक्षी शाखा प्रमुख पर्वत साह र कृषि विकास शाखा प्रमुख सविना राईले विभिन्न वडाहरुमा संयुक्त रुपमा निरीक्षण गर्नुभएको छ । उक्त कार्यक्रम आगामी मंसिर मसान्तसम्म संचालन हुने वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *