June 14, 2026

प्रतिनिधिसभामा एमालेको दोस्रो जित, काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

0

काठमाडौं :

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ निर्वाचित भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित हो।

एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् ।

०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *