June 14, 2026

मतदान गर्न गएका बृद्ध नालिमा मृत भेटिए

0

विमल दहाल,
महमाई , झापाको माईधारबाट इलामको महमाई मतदान गर्न हिडेका एक बृद्ध आईतबार दिउँसो २ बजे माई – ७ कपरसुक्काको निर्माणधीन सडक नालिमा मृत भेटिएका छन्।

शनिबार साँझबाट बेपत्ता भएका माई(६ काबेलीटार स्थायी घर भई माईधार बस्दै आएका ६९ बर्षिय नर बहादुर मग्राती मगरको शब स्थानीय पैदलयात्रीले अपरान्ह देखेका थिए। मतदान गर्न भन्दै बिर्तामोडबाट शनिबार रिजर्व बसमा आएका मगर बस कलकत्ते जाने भएपछी लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको मृतकका छोरा रमेश मगरले जानकारी दिनुभयो।

मृतक मगरको सर्जिमिन मचुल्का गरि पोष्टमार्टमका लागि झापा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *