June 17, 2026

चीनले तत्काल ताइवानमाथि आक्रमण गर्दैन: बाइडेन

0

काठमाण्डौं । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको एक चीन नीति नबदलिएको बताएका छन्। बालीमा चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले चीनसँग नयाँ शीतयुद्ध सुरु नहुने दाबी पनि गरे।

अमेरिका र चीन दुवै ताइवानमा शान्ति कायम राख्न प्रतिबद्ध भएको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा उनलाई नयाँ शीतयुद्ध नहुने सम्भावना छ कि छैन र के चीनले ताइवानमाथि आक्रमणको तयार गर्दैछ भनेर सोधिएको थियो।

‘नयाँ शीतयुद्ध हुनेछैन भन्नेमा म पूर्णत विश्वस्त छु,’ जवाफमा बाइडेनले भने, ‘चीनले तत्काल ताइवानमा आक्रमणको प्रयास गर्छजस्तो मलाई लाग्दैन। ताइवान मुद्दा शान्तिपूर्ण रुपमा समाधान होस् भन्ने हाम्रो चाहना रहेको मैले स्पष्ट पारेको छु। मैले भनेको कुरा उनले राम्ररी बुझे भन्नेमा म विश्वस्त छु।’

उनले ताइवानसम्बन्धी अमेरिकी नीति नबदलिएको आफूले सीलाई स्पष्ट पारेको पनि बताए। त्यसपछि बाइडेनलाई सी टक्कर लिने हिसाबले प्रस्तुत भएका थिए कि सम्झौता गर्न इच्छुक देखिन्थे भनेर सोधेका थिए।

‘सी सधैँझैँ सीधा र ठाडो रुपमा प्रस्तुत भए। हामी दुवै एकअर्काप्रति स्पष्ट रुपमा प्रस्तुत भयौँ,’ उनले भने। सी केही मुद्दामा सम्झौताका लागि इच्छुक रहेको उनको भनाइ थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *