June 17, 2026

सीले बाइडेनलाई भने: विश्वको ध्यान हामीतिर छ, सम्बन्ध सुधार्न जरुरी छ

0

काठमाण्डौं ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई विश्वको ध्यान आफूहरुमाथि रहेकाले द्विपक्षीय सम्बन्धलाई सही दिशा दिन जरुरी रहेको बताएका छन्।

जी२० शिखर सम्मेलनका लागि बाली पुगेका सी र बाइडेनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। ‘पाँच वर्षअघि हामीले डाभोसमा भेट गरेका थियौँ। तपाईंले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अनलाइन कलमार्फत हामीले सम्पर्क कायम राख्यौँ। तर, आमनेसामने भेटको विकल्प छैन। र, आज हामी आमनेसामने भेट भएका छौँ,’ सीले भने, ‘हामीले अनुभव हासिल गर्यौँ, पाठ सिक्यौँ। इतिहास सबैभन्दा राम्रो पाठ हो। त्यसैले इतिहासलाई हामीले ऐनाका रुपमा लिनुपर्छ।’

‘हाल अमेरिका–चीन सम्बन्ध एक स्थितिमा छ। हामी यसबारे निकै सचेत छौँ। दुई प्रमुख मुलुकका नेताको रुपमा हामीले सही मार्ग तय गर्नुपर्ने आवश्यकता छ,’ उनले थपे, ‘अगाडि हामीले द्विपक्षीय सम्बन्धलाई सही दिशा दिएर सम्बन्ध स्तरोन्नति गर्न आवश्यक छ।’

सीले आफूहरुको भेटले विश्वको ध्यान आकर्षित गरेकाले विश्वमा शान्ति कायम गर्न चीन र अमेरिकाले काम गर्नुपर्ने पनि बताए। जवाफमा बाइडेनले द्वन्द्वबाट बच्नु महत्वपूर्ण रहेको बताए। उनले दुई मुलुकबीच सञ्चार सम्पर्क खुला राख्न आफू प्रतिबद्ध भएको पनि बताए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *