उर्लावारी -८ राजघाटमा धान थ्रेसर लगाउँदा धान,थ्रेसर र ट्याक्टर जलेर नष्ट
पथरीशनिश्चरे,

मोरङको उर्लाबारी नगरपालिका वडा नं. ८ स्थित राजघाटमा सुदिप श्रेष्ठको खेतमा आगलागी भएको छ ।
खेतमा थ्रेसर लगाउने क्रममा आगलागी भएको हो। श्रेष्ठको एक विगाह खेतको धान र बिष्णु न्यौपानेको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ ।
आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३ वटा दमकल राजघाट पुगेका थिए । एकसाथ दमकलहरू सो स्थानमा पुगेपछि थप क्षति हुन नपाएको स्थानीयले बताएका छन् ।
