June 14, 2026

झापा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको जित हुने दाबी

0

झापा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्रप्रसाद गिरीले झापा २ बाट आफ्नो जित सुनिश्चित भएको बताएका छन् । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार गिरीले यस पटकको निर्वाचनमा मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउने दाबी समेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट घण्टी चुनाव चिन्ह लिएर मंसीर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बनेका गिरीले सवैले यस पटक फरक विचार र नयाँ अनुसारलाई राजनीतिकमा खोजेकाले पनि आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

नयाँ पार्टी र थोरै समय भएकाले पनि सबै मतदातासँग भेट्न नसकेको बताउँदै गिरीले भने ‘सवै मतदातासँग निर्वाचनअघि भेट्न सम्भव नभएपनि निर्वाचनपछि पक्कै भेट्नेछु ।’ प्रयावरण तथा कृषि बिज्ञसमेत रहेका गिरीले देशमा काम गर्ने युवाहरुको खाँचो भएको महसुस गरेर आफु राजनीतिकमा आएका बताए ।

उनका अनुसार मतदाताहरुले घण्टी चुनाव चिन्हको उम्मेद्वार देख्न पाइनौं एक पटक भेट्न पाए हुन्थ्यो भन्ने गरेको बताए । उम्मेद्वार गिरीले ब्यक्तिगत रुपमा मतदातासँग भेट्ने समय एकदमै कम भएकाले सम्पूर्णसँग निर्वाचनपछि भएपनि भेट्ने बाचा गर्दै घण्टी चुनाव चिन्हमा मतदान गरेर देश र जनाताको सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरेका छन् ।

देश विकास गर्ने योजनासहित योग्य र सक्षम युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वार बनाएकाले पनि जनलहर आफ्नो पक्षमा रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *