June 14, 2026

इराकमा अलपत्र परेका कानेपोखरीका चन्द्र बस्नेतद्वारा सहयोगको याचना

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ्गको कानेपोखरी गाउँपालिकाका एक युवक चन्द्र बस्नेतले आफु हाल इराकको कुर्तिस्तान अर्बिल शहरमा विमारी परेर अलपत्र परेको बताएका छन्।

हालै उनले आफु वैदेशिक रोजगारीको सिलसिलामा इराक आएको र केही दिन देखि बिमारी भई अचेत अवस्थामा रहेको जनाएका हुन्। उनले पत्रमार्फत यो खबर आफ्नो परिवारसम्म पुर्याइदिन पनि सबैसित अनुरोध गरेका छन्।

उपचार खर्च नभएका कारण उपचार गर्न नसकेपछि एक याचना पत्र प्रकाशित गर्दै उनले अगाडि थपेका छन् – ‘मेरो घर मोरङ जिल्ला हाल वैदेशिक रोजगारीको सिलसिलामा इराक कुर्दिस्तान अर्बिल शहरमा छु ।

म केही दिन देखि बिरामी भइ अचेत अवस्थामा छु । मेरो काम यहाँको अकम पनि छैन, आर्थिक अवस्था नाजुक र खान बस्ने ठाँउ पनि छैन, उपचार खर्च नभएकोले म चन्द्र बस्नेत तपाईहरुको सामु आर्थिक सहयोगको लागि हार्दिक अपील गर्दछु ।’

साथै , उनले अगाडि थपे-‘मलाई नेपाल सम्म उद्दार गरिदिनु हुन यहाँ रहेको स्थापित विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, तपाई सम्पुर्ण नेपाली दाजुभाइ दिदि – बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद !’

उनले आफ्नो इराक स्थित सम्पर्क गर्नका लागि फोन नम्बर +9647502557451 पनि पठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *