ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
फुङलिङ,

ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र फुङलिङ ८ का ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको हाे।
ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार फुङलिङ नगरपालिका– ८ मा बिहान १–००२–००३ ह ३९०० नम्बरको अटो दुर्घटनामा परेको हो ।
घाइते अटो चालकको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
