June 15, 2026

बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम गर्न नसकेको उपाध्यक्ष घिमिरेको आरोप

0

झापा, बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लागेको छ ।

संघका उपाध्यक्ष सञ्जिव घिमिरेले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आरोप लगाएका हुन् । कोभिडको प्रकोपबाट मारमा परेका व्यवसायीलाई संघले कुनै प्रकारको राहत दिन नसकेको र वैंक तथा वित्तीय संस्थाले ब्याज बढाएर घरबार नै उठिबास लगाउन लागेको यो अवस्थामा पनि प्रतिकारमा बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व उत्रन नसकेको उनको आरोप छ ।

व्यवसायीले भरोसा गरेर आफूहरुलाई नेतृत्वमा पठाएको तर नेतृत्वमा बसेर पनि कुनै काम गर्न नसकिएको भन्दै उपाध्यक्ष घिमिरेले भने – मैले गत असोज महिनादेखि निरन्तर व्यवसायीहरुका आवाज उठाइरहेको छु तर नेतृत्वले मेरा कुरा नसुनेपछि आफैं नेतृत्वको विरोधमा उत्रनु प¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *