September 23, 2026

थोत्रो चिनियाँ विमान किनेर नेपाल एयरलाइन्स थला पर्दै, विक्री गर्ने तयारीमा

0

काठमाण्डौं ।

मित्रताको आडमा थोत्रो विमान दिएर नेपाली संग धोखाधडी चीनले गरेको छ ।

ठूलो आर्थिक लगानीमा नेपाल भित्रयाइएको थोत्रो विमानको कारण नेपाल एयरलाइन्सको टाट पल्टिमने अवस्थामा पुगेको हो । विमानस्थलमा थन्किएको विमान विक्री गर्ने अवस्थामा पुगेको श्रोतले बतायो ।

ठूलो घाटा बेहोरेपछि नेपाल वायुसेवा निगमले आफ्ना पाँचवटा चिनियाँ जहाज भाडामा दिन नचाहेको भन्दै बिक्री गर्ने निर्णय गरेको छ । विमानले आकाशमा भन्दा जमिनमा धेरै समय बिताएको र ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहकलाई आर्थिक बोझ बन्न थालेको छ।

पहाडी मार्गमा उडान भर्ने आशा गरेको चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि अर्थ मन्त्रालयको निर्देशनपछि नेपाल वायुसेवा निगमले अब आफु घाटा नबेहोर्ने निर्णय गरेको हो । सन् २०१२ मा निगमले चीनबाट चारवटा Y12E (Y12E) र दुईवटा MA60 (MA60) विमान खरिद सम्झौता गरेको थियो।

तीमध्ये एउटा विमान दुर्घटनापछि अहिले सञ्चालन नहुने अवस्थामा छ भने बाँकी पाँचवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा अलपत्र अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *