शोरुममा तोडफोड, पाँच लाखको क्षति
झापा । 
झापाको बिर्तामोडस्थित इसुजु गाडीको आधिकारिक बिक्रेता एप्सोल्यूट मोट्र्सको शोरुममा तोडफोड भएको छ ।
बिर्तामोड–१मा प्रवेश वस्नेतले सञ्चालनमा ल्याएको शोरुममा आइतवार राति तोडफोड भएको हो । तोडफोडबाट करिव पाँच लाख रुपैयाँको क्षति भएको बताइएको छ ।
शोरुममा कस्ले र किन तोडफोड गरेको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । नचिनेका व्यक्तिले सोरुम तोडफोड गरेपनि शोरुमभित्र रहेको सामग्री केही नलगेको सञ्चालक बस्नेतले बताए ।
तोडफोडबाट शोरुममा रहेको सीसी क्यामेरा, कम्प्युटर दुई थान, प्रिन्टर, फलसिलिङ, दराज आदिमा क्षति पुगेको छ ।
