May 1, 2026

आजदेखि हलमा ‘महापुरुष’

0

काठमाण्डाै,

आजदेखि नेपाली कथानक चलचित्र महापुरुष प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत एकल अभिभावकको एक्लोपनको कथा समेटिएको महापुरुष देशभर रिलिज भएको हो ।

फिल्ममा ‘मह’ जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोलालगायतको अभिनय रहेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य र गौरी मल्लको मुख्य भूमिका रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा बनेको यो फिल्म दिपेश खत्रीले निर्माण गरेका हुन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *